अस्वस्थ प्रतिश्पर्धामा राजनीतिक दलहरु

देशमा माओवादी केन्द्रको नेतृत्वमा बीस वर्ष अगाडि उनलाई नै टाउकोको मूल्य तोक्ने गरेको नेपाली कांग्रेस संगको सत्ता साझादारीमा सरकार चलिरहेको छ । यो समयमा नेपाली जनताले विचार गरे अनुरुप कुनै पनि काम कारवाहीहरु अगाडि बढ्न सकिरहेको छैन । एक हिसावले नयाँ संविधान जारी गरिसकेपछि नयाँ धार अनुरुप संविधानले प्रदत गरेका अधिकारहरुलाई संस्थागत गर्दै जानुपर्ने थियो । तर हालसम्म पनि नेपाली जनताको भारी समर्थनमा आएको संविधानलाई संस्थागत गर्ने खालका काम कारवाहीहरु लाई भने अगाडि बढाउन सकिरहेको छैन ।krishna
झन् त्यस माथि जारी संविधानलाई नै भारतीय पक्षको समझदारी वा समर्थनमा संशोधन गरी उनको अनुकूल गर्ने कुटिल चाल रचिरहेको छ । नेपाली कांग्रेसका नेताहरु भारत पुगेर आफूखुसी बचन वद्ध भएर आएदेखि नै नेपाल भित्र त्यस प्रकारको अन्यौलको वातावरण कायम हुन गएको हो । हाल देशमा द्वन्द्व कालमा झैं असमझदारीहरु बढ्ने गरेका छन् ।
यो समयमा नेपाली कांग्रेसको समर्थनमा भएको प्रचण्डको सरकार र प्रमुख विपक्षी दल एमाले बीच चर्को जुहारी चलिरहेको अवस्था छ । जब जब हाम्रा नेताहरुलाई भारत बोलाएर सम्मान प्रदान गरे । ती दिनहरुमा विभिन्न खालका राष्ट्रघाती सन्धी सम्झौता हुने गरेको सर्वविदितै छ । यो समयम पनि गण्डकी सम्झौता र कोशी सम्झौता जस्तै गरी संविधान मै सम्झौता गरिआएको स्थिति छ । अर्थात् आफ्नो आन्तरिक मामलामा पनि भारतसंग प्रमुख दल र सरकार प्रमुखले सम्झौता गरेको अवस्थामा छ । यसले गर्दा पनि देश नै नरहने स्थितिमा ती नेताहरुले संविधान संशोधनको प्रस्ताव अगाडि बढाइरहेको आशंका गर्न थालेको हो । त्यसैले पनि प्रमुख विपक्षी दलले हामी बरु सदनमै रगत बगाउन तयार छौं । तर संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउने दिने छैनौं भनी प्रतिपक्षीहरु दृढ भएर उभिएको अवस्था छ । जबसम्म प्रतिपक्षीहरु अगाडि आएर विभिन्न खालका विषयहरुको सामना गरिरहेका हुन्छन् । तबसम्म राष्ट्र बलियो हुने हो । यसबाट के कुरा प्रमाणित हुन्छ भने आज चोरीको कुरा सर्वत्र थाहा भएर पनि त्यो आरोप लगाउन नसक्ने अवस्था बनाएको स्थिति छ ।
मातृकाप्रसाद कोइरालाले कोशी सम्झौता गर्दा र प्रथम निर्वाचित प्रधानमन्त्री भन्ने विश्वेश्वरप्रसाद कोइरालाले गण्डक सम्झौता गर्दा पनि नेपाली जनताको शिर निहुरिनु पर्ने गरी भारतले ती नेताहरुलाई भारतमा बोलाएर दिल्ली दरवारले राजकीय सम्मान गरेको थियो । त्यसको परिणाम आज देश नै बरबादको स्थितिमा पुग्यो । आफ्नो देशको राष्ट्रिय सम्पदा प्राकृतिक सम्पदामा आफूले कति अधिकार र स्वामित्व बहन गर्नुपर्ने थियो । त्यति गर्नै पाएन । भारतले एकछत्र उनको आफ्नै नदी नाला सरह हाम्रा नदीहरुको प्रयोग निर्वाध रुपमा गर्न पाए । त्यसैगरी अहिले पनि संविधान संशोधनको माध्यमबाट यहाँ भारतले ताण्डब नृत्य नाच्न अवसर पाउँछ भने राजकीय सम्मान र नेपालको नयाँ संविधान संशोधन बेकार हो । तर आज आएर केहीं लचिलो भइदिने जस्ता कुरा ल्याएर सदनमा प्रतिपक्षीलाई रिझाएर संविधान संशोधनको प्रस्ताव प्रस्तुतसम्म गर्न दिने वातावरण बनाउन पनि सत्तारुढ दलहरु मरिमेटी अगाडि आइरहेका छन् । यसका लागि नेताहरुलाई भेटेर पनि विदेशी एजेन्ट मार्फत् सम्पर्क बढाइरहेछन् ।
९०÷९२ प्रतिशत सभासद् हरुले एक मतले पारित गरेको नेपालको नयाँ संविधान यति चाँडो संशोधन गर्नुपर्ने आवश्यकता नै थिएन । भारतकै इसारा बमोजिम मात्र आज आएर कू–समयमा पनि भारतको मातहतमा सञ्चालित राजनीतिक दलहरुले नै खास गरी नेपाली कांग्रेस र सत्तारुढ दल माओवादी केन्द्रले यो प्रस्तावलाई अगाडि बढाउन खोजिरहेको छ । यसमा पनि विपक्षी दल सहमत हुन सकिरहेको छैन । दोश्रो ठूला राजनीतिक दलको रुपमा कायम भएको एमाले त जसरी भएपनि यो प्रस्तावलाई तुहाउने खेलमा छ । तर यसको लागि विभिन्न राजनीतिक पार्टीहरुको सहमती चाहिनेमा सत्तारुढ दलहरुसंग झन् –झन् टाढाको सम्वन्ध हुन पुगेकाले यो कुरा त्यतिको सम्भव देखिएको छैन । हामी पनि भारतको समर्थक हौं भनी सत्तामा बसेका दुई ठूला दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र अग्रसर भएकै कारण आज त्यतिकै पनि मंसीर १४ गते दर्ता गराएको संविधान संशोधनको प्रस्ताव तुहिने स्थिति छैन ।
सिक्कीम चुनावको माध्यम बाटै भारतसंग बिलय भएको थियो । आज भारतले चाहेको नेपाल पनि गणतन्त्र संगै भारतमा बिलय होस् भन्ने नै हो । त्यसमा को लेण्डूप डोर्जे बन्ने भन्ने मात्रै सवाल अगाडि आएको छ । सिक्कीममा राजा चोग्यालको पालामा लेण्डोप डोर्जे प्रत्यक्ष रुपमा देखा परे जस्तै आज प्रचण्ड र शेरबहादुर देउवाले भारतको कुरा सुनेर जसरी पनि नेपालको संविधान संशोधनको कुरालाई अगाडि बढाएर आफ्नो मालिकको भक्ति देखाउँदैछन् । भनौं आफूहरुलाई १० वर्षसम्म भारतमै सिनो ख्वाएर पालिएको कुकूरको रुपमा राखिएकोले बदलामा मालिक भक्ति झल्काउँदैछन् । हामी नेपाली जनतालाई खतरा त के छ भने देश नै भोलि सिक्किम र भूटान जस्तै भारतको अधिनमा पनि जान सक्दछ । यो सह्य विषय भएन । त्यसैले पनि प्रमुख प्रतिपक्षी दल एमाले नेता के.पी. ओलीदेखि नारायणमान बिजुक्छेँसम्मले सदनमै रगत बगाउन परेपनि देश भारतमा बिलय हुन दिन्नौ भन्ने अडान सार्वजनिक रुपमा भन्ने गर्नु भएको हो ।
हालको आवश्यकता माघ महिना सम्ममा देशमा तीन वटा चुनावको तिथिमिति घोषणा गरी चुनावी वातावरण तयार पार्नु हो । तर यो कार्यले मूर्त रुप लिन सकिरहेको छैन । न चुनाबको कुरा उठ्यो । न त जनतालाई सुख सुविधा दिने नै कुरा उठ्यो । सांसदहरुले आफ्नो मात्रै तलब भत्ता मात्रै बढाएको स्थिति छ । सदनले नेपाली जनताको लागि केहीं राहत दिन सकिरहेको छैन । यो अवस्थामा हामी नेपाली जनतालाई के कस्तो रुपमा गणतान्त्रिक सरकारले अगाडि लान सकिन्छ भन्ने सोच्नु जरुरी थियो । तर यहाँ भइदियो के भने कसरी सिक्किमीकरणको स्थितिमा लाने । प्रतिपक्षीहरु सिक्किमीकरण गर्न नदिने पक्षमा छन् । स्थानीय निकायको चुनाव गराई देश प्रत्यक्ष जनताको शासन कायम राख्नुपर्ने महत्वपूर्ण समयमा पनि यो अवस्था कायम राख्ने हो भने जनताले राहत पाउने स्थिति नै छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार